बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने

शुक्रबार, २७ पुस २०८०, ०७ : ५८
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा  ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । 

बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए । सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप