‘चित्रा’ मा सिमरनको चर्चा
काठमाडौंँ । नेपाली फिल्ममा थिएटरका मात्र होइन, अभिनय पढेर भित्रिनेको संख्या पनि बाक्लिँदो छ । ती मध्यकी एक हुन् सिम्रन खड्का । सिम्रन कान्तिपुर फिल्म एकेडेमीकी पूर्व विद्यार्थी हुन् । यतिबेला फिल्म बजारमा उनको चर्चा छ । चर्चाको कारण बनेको छ फिल्म ‘चित्रा’ ।
‘चित्रा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनको केही दिन अगाडि फिल्मले प्रिमियर राखेको थियो । फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान जस्ता नाम चलेका कलाकारको अभिनय छ । तर प्रिमियरमा अभिनय चर्चा भने सिम्रनको भएको थियो । प्रिमियर उपस्थित जतिपनि ब्यक्ति थिए । सबैले उनको अभिनयको खुलेर प्रशंसा गरे ।
‘चित्रा’मा सिम्रनले अभिनेता सन्तोष अधिकारीको छोरीको भूमिका निभाएकी छन् । चुलबुले स्वभावको चरित्रमा उनको अभिनय राम्रो छ । ‘चित्रा’ सिम्रनको दोस्रो फिल्म हो । यसअघि उनले ‘प्रेमगञ्ज’ अभिनय गरेकी थिइन् । जसमा पनि उनको अभिनयको चर्चा भएको थियो । फिल्ममा उनले नकारात्मक चरित्र निर्वाह गरेकी थिइन् ।
फिल्ममा चरित्र जे निर्वाह गर्ने भूमिकामा राम्रो गर्ने सिम्रनलाई सोही कारणले एकपछि अर्काे फिल्म समेत हात परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण