धुलिखेलमा रेफ्री प्रशिक्षण सञ्चालन हुने
हेटौंडा । धुलिखेलमा एक हप्ते रेफ्री प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटबल संघले माघ २१ देखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्री कोर्ष सञ्चालन गर्न लागेको हो ।
बागमती प्रदेश खेलकुद परिषदको विशेष सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रशिक्षणबाट दक्ष, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादन हुने बागमती प्रदेश फुटबल संघ अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।
रेफ्रिहरुलाई फुटबल सम्बन्धी आधारभूत सीप र प्रविधिको विकास गर्नुका साथै मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने उनले बताए ।
१८ वर्षदेखि ३५ वर्षसम्मका खेलाडी, पूर्व खेलाडी र फुटबल खेलसँग आबद्ध व्यक्ती प्रशिक्षणमा सहभागी हुन सक्नेछन् । सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा उत्तीर्ण सहभागी फुटबलका जिल्लास्तरीय विभिन्न प्रतियोगिता निर्णायक हुन सक्ने आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण