काटिएको २२ दिनपछि जोडियो २३ उद्योगमा बिजुली
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको २२ दिनपछि सबै उद्योगहरूको बिजुली जोडेको छ । मन्त्रीपरिषद्को मंगलबारको निर्णयअनुसार शुक्रबार राती २–३ प्राधिकरणले बजेसम्ममा सबै उद्योगको बिजुली लाइन जोडेको हो ।
विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड बिजुलीको महसुल नतिरेको भन्दै पुस ६ गतेदेखि उद्योगको बिजुली काट्न सुरु गरेको थियो । सुरुवाती चरणमा ४ ठुला उद्योगको लाइन काटेको प्राधिकरणले बिस्तारै ५ करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको लाइन काटेको थियो ।
प्राधिकरणले धमाधम उत्पादनमूलक उद्योगको लाइन काट्न थालेपछि राष्ट्रिय बहसको विषय बन्यो । यस्तै, २० देखि ३० प्रतिशत क्षमतामा सञ्चालित उत्पादनमूलकहरू पूर्णरुपमा ठप्प बने । विवादमा दुवै पक्षबाट नमिल्ने देखेपछि मंगलबारको मन्त्रीपरिषद्को बैठकले उद्योगहरूमा बिजुली जोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यस्तै, सोही बैठकले सर्वोच्च अदालतको पूर्व न्यायधीश गिरिसचन्द्र लालको नेतृत्वमा तीन सदस्यिय छानबिन आयोग समेत गठन गर्यो । शक्तिशाली अधिकारसहितको आयोगले ट्रंक र डेडिकेटेड बिजुली महसुल विवादको छानबिन गरेर प्रतिवेदन बुझाउनेछ । यो सरकारले गठन गरेको दोस्रो छानबिन समिति हो । यसअघि समेत यस्तै शक्तिशाली छानबिन समिति गठन भएको थियो ।
मन्त्रीपरिषद्ले मंगलबार निर्णय गरेपनि लिखित पत्र नआउँदासम्म बिजुली नजोड्ने निर्णय प्राधिकरणले गरेको थियो । सोअनुसार बिहीबार प्राधिकरणलाई बिजुली काटिएका उद्योगहरूको लाइन जोड्न ऊर्जा मन्त्रालय हुँदै मन्त्रीपरिषद्को निर्णय हातपर्यो । सोसँगै प्राधिकरणले शुक्रबार अबेर रातीसम्ममा सबै उद्योगको लाइन जोडेर सकेको हो ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार रातीसम्ममा प्राधिकरणले उद्योगहरूको लाइन जोडेको बताए । उनले रातको ११ बजेर २३ मिनेट जाँदा लक्ष्मी स्टिलको बिजुली जोडेको जानकारी आएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण