मधेसले सजिलै हरायो कोशीलाई
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । शनिबार भएको खेलमा मधेसले कोशीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा २०.१ ओभरमा पछ्यायो ।
कोशीका लागि अनिल साहले विस्फोटक इनिङ्स खेल्दे ५४ बलमा ८८ रन बनाए । उनले यस क्रममा १४ चौका र ३ छक्का हिर्काए । उनलाई ओपनर हरिशंकार साहले २४ रन बनाउँदै साथ दिए । कोशीका लागि सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा १ सय २७ रन बनाए। अलआउट भएको थियो । कोशीका लागि फिरदोश अनसारी र कप्तान अंकित सुवेदीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अनसारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान सुवेदीले ५० बलमा ४० रनको योगदान दिए ।
मधेसका लागि प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण