शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अञ्जलीलाई कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान

शनिबार, २८ पुस २०८०, १५ : ११
शनिबार, २८ पुस २०८०

काठमाडौँ ।  कमला कार्की स्मृति प्रतिष्ठानले कराँते खेलाडी अञ्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिवृद्धि गरेकोमा अञ्जलीलाई सम्मान गरिएको हो ।

अञ्जलीले नेपालमा भएको सातौँ दक्षिण एसियाली कराँते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अञ्जलीले भारतको मुम्बईमा भएको मुम्बई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पनि ३ तीन पदक जित्न सफल भएकी थिइन् । अञ्जलीले एकल र टिम काता तथा कुमुतेमा स्वर्ण जितेकी थिइन् ।

पूर्व मन्त्री, लेखक, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद केशव पोखरेल, कमला कार्की स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्कीले अञ्जलीलाई नगद १० हजार १ रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबिच सम्मान गरे ।

नैकापस्थित ब्राइट फ्युचरमा भएको कार्यक्रममा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरि नगरपालिका वडा १४ र १५ का क्रमशः ९७ वर्षीया धनमाया महर्जन र ९४ वर्षीया भगवती खत्रीलाई पनि समान १० हजार १ रुपैयाँ नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । संस्था सम्मानतर्फ नेवारी वाजा खललाई १ लाख १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।

प्रमुख अतिथि भद्रकुमारी घलेले स्व. कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा संस्था स्थापना गरी विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेर आमाप्रति उच्च सम्मान प्रकट गरेको धारणा व्यक्त गरिन् ।

संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने महानुभावहरूलाई आफ्नो संस्था मार्फत सानै भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप