काठमाडौँसहित छुट्टाछुट्टै ठाउँमा चार जना मृत फेला
शनिबार, २८ पुस २०८०, १९ : ३३
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । भोजपुर मोरङ काठमाडौँ र पर्सामा मानिसहरू मृत फेला परेका हुन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ भड्खालेमा खोटाङ खोटेहाङ गाउँपालिका-२ वाप्लुखा बस्ने ७६ वर्षीय मौला बहादुर राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङको बुढिगंगा गाउँपालिका-१ टंकी बस्ने ६४ वर्षीया लक्ष्मी श्रेष्ठ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
काठमाडौँको काठमाडौँ महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता पर्साको वीरगन्ज महानगरपालिका-१० मसानघाटभित्र हाल नाम,थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण