शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित छुट्टाछुट्टै ठाउँमा चार जना मृत फेला

शनिबार, २८ पुस २०८०, १९ : ३३
शनिबार, २८ पुस २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । भोजपुर मोरङ काठमाडौँ र पर्सामा मानिसहरू मृत फेला परेका हुन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ भड्खालेमा खोटाङ खोटेहाङ गाउँपालिका-२ वाप्लुखा बस्ने ७६ वर्षीय मौला बहादुर राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङको बुढिगंगा गाउँपालिका-१ टंकी बस्ने ६४ वर्षीया लक्ष्मी श्रेष्ठ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी  छन् । 

काठमाडौँको काठमाडौँ महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता पर्साको वीरगन्ज महानगरपालिका-१० मसानघाटभित्र हाल नाम,थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप