हाइकिङमा रमाउँदै पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको हाइकिङमा सहभागी भएका छन् । शनिबार आयोजित हाइकिङलाई रुपन्देही २ का सांसदसमेत रहेका पौडेलले अगुवाइ गरेका हुन्।
बुटवलको उपमहानगरपालिका वार्ड ३ गोलपार्कको बमघाटबाट पौडेलले अन्य पार्टी नेताहरूसहित करिब ३ घण्टा पदयात्रा गर्दै पाल्पाको वसन्तपुर पुगेका थिए । पौडेलसँगै राष्ट्रिय सभा पूर्व सदस्य खिमलाल भट्टराई, एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायत नेताहरू हाइकिङमा सहभागी थिए ।
नेता पौडेलले भिर पाखा, झाडीहरू, काँडा घारी लगायतका अप्ठ्यारो अवस्थाहरूलाई पार गर्दै वसन्तपुर आइपुगेको अनुभव सुनाए । पैदल यात्राका क्रममा उनले ४३ वर्ष अघिको क्षणलाई पनि उनले सम्झेका थिए। त्यो बेला जेल ब्रेकपछि पाल्पा जाने क्रममा प्रहरी प्रशासनको आँखा छल्न उनी वसन्तपुर आएका थिए । तर अहिले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ उकालो यात्रा गरेको खुलाए । वसन्तपुर पुगेपछि केबलकार चढेर पौडेलसहित नेता बुटवलका गोलपार्कस्थित बमधाटमा झरेका थिए ।
यता समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने नारासहित हाइकिङ आयोजना गरेको युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता