शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

मुख्यमन्त्रीका वर्ष दिन : ३३.६२ किलोमिटर सडक कालोपत्रे !

शनिबार, २८ पुस २०८०, १९ : ५०
शनिबार, २८ पुस २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शनिबार वर्ष दिनको कार्य प्रगति सार्वजनिक गरे । उनको कार्य प्रगति विवरणअनुसार एक वर्षको अवधिमा कर्णालीमा ३३.६२ किलोमिटर सडक कालोपत्रे भएको छ । 

यस्तै १४९.४१ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ भने ७२५.०५ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । यस्तै ५१ वटा झोलुङ्गे पुल, ७ वटा सडक पुल निर्माण भएको छन् । १४४.२० किलोमिटर पक्की सडक नाला निर्माण भएका छन् भने ६२२ वटा जनता आवास तथा विपन्नको घर निर्माण, ३ वटा सामुदायिक भवन निर्माण भएका शर्माले बताए । 

गत आर्थिक वर्षको अन्तमा निर्वाचन क्षेत्रगत तथा पूर्वाधार विशेष कार्यक्रमबाट ८७ भवन, ६५ सडक, ५  विद्युतीय संरचना, ३० तटबन्ध, ३१ सिँचाइ, २७  खानेपानी  र अन्य १०५ गरी जम्मा ३०५ आयोजना प्रदेश सरकारबाट सम्पन्न भएको शर्माको दाबी छ ।  जलस्रोत तथा ऊर्जा विकासतर्फ दुई हजार २६९ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध भएको छ ।

खानेपानीतर्फ कुल जम्मा १ लाख तीन हजार थप जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको पनि उनको भनाइ छ । नदी नियन्त्रणतर्फ १३ किलोमिटर तट बन्धन निर्माण भई १५२ हेक्टर थप जमिन उकास भएको छ ।

आर्थिक वर्ष ०७९/०८० मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ७८८ वटा सिँचाइ योजना निर्माण सम्पन्न भई १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुधार तथा ११५ हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको पनि शर्माले बताए । 

सिँचाइ योजना निर्माण तथा मर्मत सम्भारको क्रममा १५ हजार २ सय २० जनालाई २ महिना बरावरको अस्थायी रोजगारी सृजना भएको, जसबाट १८ हजार ४ सय ५६ घरधुरी लाभान्वित भएका छन् । आर्थिक वर्ष ०८०/०८१ मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ६२८ वटा सिँचाइ योजना मध्ये ५०५ बटा सिँचाइ योजनाको सम्झौता भई निर्माण कार्य सुरु भएको मुख्यमन्त्री शर्माले बताए ।  

हिउँदे फलफूल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४ सय ३६ ओखर, ८ हजार ९ सय किवी र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ बिरुवा वितरण गरी करिब २ सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको छ । जसमा ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भएको र दुई सय ५० जनाले १५ दिन बराबरको प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । यस कार्यक्रमबाट ३०० जनालाई पूर्ण स्वरोजगारी सृजना भएको शर्माले बताए । 

ब्याज अनुदान कार्यक्रममार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा परिचालन भएको छ । त्यसबाट एक हजार ३५७ जना कृषक प्रत्यक्ष सहभागी भएका छन् । यो कार्यक्रमबाट ८५० जना पूर्ण स्वरोजगार भएका छन् भने ३५७० जनालाई ३ महिना बरावरको आंशिक रोजगारी सृजना भएको छ ।

लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, र कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रमहरूबाट ४,८३५ घरधुरी लाभान्वित भएका छन्, जसबाट ९४७ जना पूर्ण स्वरोजगार र ४०९६ जनालाई करिब ४ महिना बराबरको आंशिक रोजगारी सृजना भएको छ । 

कृषि व्यवसाय प्रवर्द्धन तथा रोड कोरिडोर कार्यक्रमबाट ३ सय २४ प्लास्टिक घर निर्माण भएका छन् भने ९१ घरधुरी प्रत्यक्ष लाभान्वित भएको छन् । उक्त कार्यक्रमबाट करिब २ सय ६५ जनाले आंशिक रोजगारी प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप