शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत पहिलो खेलमा नै अस्ट्रेलियासँग पराजित

शनिबार, २८ पुस २०८०, २० : ०२
शनिबार, २८ पुस २०८०

काठमाडौँ । एएफसी एसियन कप फुटबलमा भारत आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको छ । कतारको अल रेयान सहरस्थित अहमद बिन अली स्टेडियममा भएको  खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको हो ।

ज्याक्सन इरविनले ५० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ७३ औँ मिनेटमा वैकल्पिक खेलाडी जोर्डन बोसले टोलीका लागि दोस्रो गोल गरे ।

भारत एक पराजयसँगै समूह बीको अन्तिम स्थानमा पुगेको छ । योसँगै अस्ट्रेलिया ३ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । भारतले अर्को खेलमा जनवरी १८ मा उज्बेकिस्तान र २३ जनवरीमा सिरियासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप