बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको तेह्रथुम जिल्ला समिति पुनर्गठन

आइतबार, २९ पुस २०८०, ०८ : ५७
आइतबार, २९ पुस २०८०

तेह्रथुम । जनता समाजवादी पार्टी (जसपा) नेपालको तेह्रथुम जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लाको मियङलुङमा शनिबार आयोजित पुनर्गठन भेलाले लोक बहादुर सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ ।

समितिका उपाध्यक्षमा सूर्य निङ्लेकु र सूर्य मादेन, सचिवमा देवेन्द्र खापुङ  सुर्केली सहसचिवमा राजकुमार तेयुङ तरेबा र कोषाध्यक्षमा सुन्दरी लिम्बु मनोनयन भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्ययतामा भएको पुनर्गठन कार्यक्रममा कोसी प्रदेश समितिका उपाध्यक्ष एवम् लिम्बुवान राष्ट्रिय समितिका इन्चार्ज प्रेम वनेमलगायतका नेताहरू उपस्थित रहेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप