दुवै हात नभएका क्रिकेटर आमिर
तारिफ गर्नेमा लिजेन्ड क्रिकेटर सचिनदेखि धनाड्य अदानीसमेत
नयाँ दिल्ली । भारतका लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकर र धनाड्य उद्योगपति गौतम अदानीले जम्मू कश्मीरका अपाङ्गता भएका क्रिकेटर आमिर हुसेन लोनको तारिफ गरेका छन् । अदानीले जम्मू कश्मीरको पारा क्रिकेट टिमका कप्तान लोनलाई सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
समाचार एजेन्सी एएनआईको एक भिडियो मार्फत आमिर हुसैन लोनको संघर्षको खुलासा भएको एक दिनपछि धनाड्य अदानीले आफ्नो एक्स ह्यान्डलमार्फत यो घोषणा गरेका हुन्। एएनआईको भिडियो रिट्वीट गर्दै उनले लेखे, ‘आमिरको यो भावनात्मक कथा अचम्मको छ ! हामी तपाईंको साहस, खेलप्रतिको समर्पण र प्रतिकूल परिस्थितिमा पनि कहिल्यै हार नमान्ने भावनालाई सलाम गर्दछौँ।’
उनले अदानी फाउण्डेशनले छिट्टै आमिर हुसेन लोनलाई सम्पर्क गर्ने र उनको अनौठो यात्रामा सम्भावित सबै सहयोग उपलब्ध गराउने बताए। उनले लेखेका छन्, ‘तपाईंको संघर्ष हामी सबैका लागि प्रेरणा हो ।’
आमिर की यह भावुक कर देने वाली कहानी अद्भुत है!
— Gautam Adani (@gautam_adani) January 13, 2024
हम आपकी हिम्मत, खेल के प्रति निष्ठा और विपरीत परिस्थिति में भी कभी ना हार मानने वाले जज्बे को प्रणाम करते हैं।@AdaniFoundation आपसे शीघ्र संपर्क कर इस बेमिसाल सफर में आपका हर संभव सहयोग करेगा।
आपका संघर्ष, हम सबके लिए प्रेरणा है। https://t.co/LdOouyimyK
यसअघि शुक्रबार लिजेन्ड क्रिकेटर तेन्दुलकरले आमिर भिडियो रिट्वीट गर्दै आमिरले असम्भवलाई सम्भव बनाएको लेखेका थिए । तेन्दुलकरले एक्समा लेखेका थिए, ‘ आमिरले असम्भवलाई सम्भव बनाएका छन्। म यो देखेर धेरै प्रभावित छु ! यसले खेलप्रति उनको कति माया र समर्पण छ भन्ने देखाउँछ।’
भिडियोमा आफ्नो जर्सी लगाएर खेलिरहेका आमिरको बारेमा सचिनले थपे, "आशा छ म एक दिन उनलाई भेट्नेछु र त्यसमा उनको नामको जर्सी लिनेछु। क्रिकेट खेल्न मन पराउने लाखौँ मानिसहरूलाई प्रेरणा दिनु भएकोमा धेरै धेरै धन्यवाद। ।"
And Amir has made the impossible possible. I am so touched watching this! Shows how much love and dedication he has for the game.
— Sachin Tendulkar (@sachin_rt) January 12, 2024
Hope I get to meet him one day and get a jersey with his name. Well done for inspiring millions who are passionate about playing the sport. https://t.co/s5avOPXwYT
यता आमिरले गौतम अडानीको घोषणालाई स्वागत गर्दै धन्यवाद दिए। उनले भने, ‘सबैभन्दा पहिले म अदानी सरलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई यसका लागि सक्षम ठान्नुभएको छ। मैले धेरै संघर्ष गर्नुपरेको छ। आज म धेरै खुसी छु कि सचिन सरले पनि ट्वीट गर्नुभएको छ। आशा छ मैले पक्कै मद्दत पाउनेछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण