हिमांशुको अर्धशतकसँगै कर्णाली प्रदेशले सजिलै हरायो गण्डकी प्रदेशलाई
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले हराएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर एक सय २२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने ३३.२ ओभरमै केवल तीन विकेट गुमाएर एक सय २६ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । कर्णाली प्रदेशको जितमा हिमांशु शाहीले अर्धशतकीय योगदान गरे ।
हिमांशुले ५३ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ७१ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर निश्चल रावलले अविजित २९ रनको योगदान गरे । कप्तानसमेत रहेका अर्का ओपनर रविन्द्र शाही २० रन बनाउँदै पेभेलियन फर्किए ।
विपिन शाही ६ रनमा आउट भए भने अर्जुन घर्तीले अविजित १० रन जोडे । कर्णाली प्रदेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । गण्डकी प्रदेशका बलर अंकित न्यौपानले दुई विकेट लिए । विपिन खत्रीले पनि एक विकेट हात पारे ।
त्यसअघि गण्डकी प्रदेशका माथिल्ला पाँच ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । अमृत गुरुङ र कमल परियारले सर्वाधिक २१–२१ रन बनाए । अश्विनी राणाले टोलीको खातामा १६ रन थपे । चन्द्र पौडेल १४ रनमा अविजित रहे ।
कप्तान बिपिन खत्री १० रन बनाउँदै पेभेलियन फर्किए । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अंकित न्यौपाने दुई रनमा अविजित रहे । ओपनर ईश्वर क्षेत्री शून्य रनमै आउट भए ।
अर्का ओपनर समिर कँडेल पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा २६ रन पायो । गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले बनाएको भन्दा यो बढी रन हो । कर्णाली प्रदेशका बलर अनुज चनरा, दिनेश अधिकारी र दीपेन्द्र रावतले दुई–दुई विकेट लिए । रविन्द्र शाही, दिवान पुन र प्रकाश जैसीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण