पोखरामा भोलिदेखि टाइगर कप भलिबल, विजेतालाई साढे ५ लाख पुरस्कार
पोखरा । चौथो संस्करणको टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलि सोमबारदेखि पोखरामा सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगिता माघ ६ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा २ विदेशीसहित नेपाली टिमले सहभागिता जनाएका छन् । महिलातर्फ भारत हरियाणा पुलिस क्लब र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले विदेशी टिमको प्रतिनिधित्व गर्नेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोटर्स क्लब र महिलातर्फ एपिएफ, न्यु डायमन्ड युथ स्पोटर्स, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागिता जनाएका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगितामा दुवैतर्फ विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ । उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रोले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
दुवै इभेन्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण