बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले जारी गर्‍यो सर्कुलर

आइतबार, २९ पुस २०८०, १९ : ३८
आइतबार, २९ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गरेको छ । आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो ।

जसअनुसार मधेस प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक बोलाइएको छ । पार्टीको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्दै आगामी माघ ६ गते बिहान ११ बजे पार्टी प्रदेश कार्यालय जनकपुरमा सांगठनिक तथा राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

त्यसैगरी आसन्न माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका कोसी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने निर्णय सर्कुलर गरिएको छ ।

साथै जसपा, नेपालको विधान २०८० को धारा ५४ ९३० अनुसार राष्ट्रिय समिति गठनका सन्दर्भमा सीमा जोडिएका तर ऐतिहासिक थातथलो दुई वा दुई भन्दा बढी प्रदेशमा खण्डित भएको स्थितिमा सीमा जोडिएका पालिका प्रतिनिधिहरु जातीय वा सामुदायिक बाहुल्यताका आधारमा आ–आफ्नो पहिचानमा आधारित राष्ट्रिय समितिमा संगठित हुन सक्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप