रामबहादुर बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या सम्बन्धी जाहेरी दर्ता
काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेको छ । उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।
निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।
सुरेश कुमार आले २०७२ जेठपछि सम्पर्कविहीन छन् ।
बम्जनले रिता बोटको हत्या गरेको आरोप छ । सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।
२०७५ मा आले र बोटका परिवारले खोजतलास गरिपाऊँ भदै निवेदन दिएका थिए । पछिल्लो जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढेको एसपी काफ्लेले जानकारी दिए ।
बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् । २६ पुसमा न्यायाधीश विष्णुप्रसाद रेग्मीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण