सुविन र रिहानालाई उपाधि
काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुषतर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाडौँमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि हात पारेका छन् ।
सुविनले आज सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५, २१—१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१—१२, २१—१० ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी खेलाडीहरुले नगद १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजयी खेलाडीहरुले मेडल प्रमाण पत्र र ट्रफीका साथ नगद ५ हजार प्राप्त गरे ।
तेस्रो स्थानमा पुरुष तर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की रहे । महिला तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहे ।
विजयी खेलाडीहरुले नगद २५ सय र मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु १३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपाधि सहित नगद १० हजार प्राप्त गरे । सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६, २१—१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१—१९, २१—१२ ले पराजित गरेका हुन् । दोस्रो स्थानमा रहेका खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेस्रो स्थानमा पुरुष तर्फ तनहुका सफल भुजेल र एपिएफका आरुष सिमखडा र महिला तर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । खेलाडीहरुले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै यु ११ तर्फ कास्कीका सक्षम गुरुङ्गले कपिलबस्तुका विराट बस्नेतलाई २३—२१, २१—१० ले पराजित गर्दै उपाधि सहित नगद १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजयी खेलाडी बस्नेतले नगद ५ हजार प्राप्त गरे । तेस्रो स्थनमा रहेका आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य रहे । तेस्रो हुने खेलाडीहरुले नगद २५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण