श्रीलङ्काले विमानस्थलमा सुरक्षाकर्मी थप्ने
आइतबार, २९ पुस २०८०, २१ : ५४
कोलम्बो । श्रीलङ्काले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाउने तयारी गरेको छ ।
सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्याउने योजना बनाएको बताइएको छ । बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो ।
बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले विज्ञप्ति जारी गर्दै अहिले विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्कामा १ हजार १२० सुरक्षाकर्मी कार्यरत रहेको जानकारी दिए ।
सरकारले सबै विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउन चाहेको पनि मन्त्रीले जनाकारी दिए । उनले बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक सुरक्षा निगरानी उपकरण जडान गरिएको पनि बताए ।
यी नयाँ उपकरणको जडानले विमानस्थलबाट लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी रोक्न सहयोग पुग्ने मन्त्रीको विश्वास छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण