भिनिसियसको ह्याट्रिकमा रियललाई सुपर कप
सोमबार, ०१ माघ २०८०, ०६ : ००
रियाद । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो ।
ब्राजिलियन विंगरले सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई साउदी अरबमा अग्रता दिलाएका थिए । उनले पहिलो गोलमा क्रिस्टियानो रोनाल्डोको शैलीमा खुसीयाली मनाएका थिए । खेलपछि उनले आफ्नो प्रेरणा रोनाल्डोलाई उक्त गोल समर्पित गरेको बताए ।

३३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि लगत्तै पेनाल्टीबाट गोल गर्दै भिनिसियसले आफ्नो ह्याट्रिक पुरा गरे ।
दोस्रो हाफमा रोड्रिगोले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । ७१ औँ मिनेटमा रोनाल्ड आरुहोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेपछि बार्सा १० खेलाडीमा सीमित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण