एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सम्मानित नेता झालनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ ।
सो पार्टीले यही माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाएको छ ।
माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।
राष्ट्रिय सभा निर्वाचनको समीक्षा
यसैबिच आज बस्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे समेत समीक्षा गर्ने नेताहरूले बताएका छन् । माघ ११ गते १९ पदका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका २ सहित सत्ता गठबन्धनका १९ उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाहेक एमाले, राप्रपा, जनमत लगायतका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनका उम्मेदवार जिताउन सत्ता गठबन्धनका शीर्ष नेताले अपिल गरिसकेका छन् । तर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएसँगै सत्ता गठबन्धनका ठुला दल नेपाली कांग्रेस र माओवादीसँग एकीकृत समाजवादी असन्तुष्ट बन्न पुगेको छ ।
‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कांग्रेस र माओवादीले हेपेको महसुस भएको छ । हामीले पाउने ३ सिट पनि नदिएको भन्दै पार्टीभित्र चर्को असन्तुष्टि छ’, एकीकृत समाजवादीका एक पदाधिकारीले असन्तुष्टि पोख्दै भने, ‘कांग्रेस–माओवादीको चालढाल र अभिव्यक्ति हेर्दा सुन्दा गठबन्धनभित्रै गुटबन्दी गरेजस्तो देखिन्छ ।’ यसबारेमा सचिवालय बैठकमा अध्यक्ष माधव नेपालसँग जवाफ मागिने ती नेताको भनाइ छ । ‘अध्यक्षसँग अवश्य पनि जवाफ त मागिन्छ’, उनले भने, ‘गठबन्धनमा हाम्रो प्रस्तुति कमजोर भएको हो वा उनीहरूले नै हेप्न खोजेका हुन् रु त्यसबारे छलफल हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेपालको लगातार दोस्रो जित, नेदरल्याण्ड ६ विकेटले पराजित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु