एपीएफविरुद्ध एक सय ३५ रनमै समेटियो कोशी प्रदेश
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा कोशी प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि केवल एक सय ३६ रनको झिनो लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रनमात्र बनाउन सक्यो । कोशी प्रदेशले माथिल्ला पाँच ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो ।
कोशी प्रदेशका लागि छैटौं नम्बरमा ब्याट्सम्यान फिरदोष अन्सारीले अर्धशतक बनाए । फिरदोषले टोलीको खातामा ५५ रन थपे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ८५ बलको सामना गरी आठ चौका पनि हिर्काए ।
सोनु अन्सारीले पनि २० रन बनाए । कप्तान अंकित सुवेदी केवल १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अर्का ओपनर मिनास थापा भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । आशिष भट्टराई पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । सुजन थपलिया नौ रनमा आउट भए । समिर कार्कीले पनि नौ रनमात्र बनाउन सके ।
सोनु मण्डलले टोलीको खातामा ११ रन थपे । कोशी प्रदेशले अतिरिक्त रुपमा सात रन पाएको थियो । एपीएफ क्लबका बलर अविनाष बोहरा र रोहित पौडेलले तीन–तीन विकेट लिए । अमर रौतेलाले पनि दुई विकेट हात पारे । भुवन कार्की र मौसम ढकालले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण