सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत, लुम्बिनीलाई पाँच विकेटले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।
दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको थियो ।
सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २९.३ ओभरमै केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।
सुदूरपश्चिम प्रदेशका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान शेर मल्लले अविजित ४२ रनको योगदान गरेका थिए । उनले ४४ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । नारायण जोशीले पनि टोलीका लागि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा चार चौका प्रहार गरे ।
ओपनर ब्याट्सम्यान खड्क बोहराले २१ रन बनाएका थिए । अर्का ओपनर टेक रावत १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १२ रन थपे । कप्तान राजु रिजाल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।
किरण ठगुन्नाले १६ रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा २२ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर अभिशेक गौतमले तीन विकेट लिए । अजय चौहान र कृष्ण कार्कीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि लुम्बिनी प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रज्ज्वल थापाले ४२ रनको योगदान गरेका थिए । उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए । मोहम्मद हुसैनले पनि २६ रन बनाए । ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे ।
अर्का ओपनर सम्राट भुसाल भने नौ रनमै पेभेलियन फर्किए । मृनाल गुरुङले १४ रन जोडे । कृष्ण कार्की १२ रनमा अविजित रहे । दिल्साद अलीले १० रन बनाए । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो ।
सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए । मिलन बोहराले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण