टाइगर कप भलिबल : पुरुषतर्फ एपीएफको विजयी सुरुआत
सोमबार, ०१ माघ २०८०, १८ : ५८
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो ।
एपीएफले २५–१८, ३३–३१ र २५–१७ को सेटमा पुलिसलाई पाखा लगाएको हो । निकै रोमाञ्चक भएको दोस्रो सेटमा पुलिस २४–१८ को स्थितिमा थियो । लगातार अंक बटुलेको एपीएफले २४–२४ को स्थितिमा पुर्यायो ।
त्यसपछि ३१–३१ को बराबरीमा पुग्यो । अन्तिममा एपीएफले लगातार २ स्कोर ल्याउँदै खेल आफ्नो पक्षमा पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण