टाइगर कप भलिबल : पुरुषतर्फ एपीएफको विजयी सुरुआत
सोमबार, ०१ माघ २०८०, १८ : ५८

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो ।
एपीएफले २५–१८, ३३–३१ र २५–१७ को सेटमा पुलिसलाई पाखा लगाएको हो । निकै रोमाञ्चक भएको दोस्रो सेटमा पुलिस २४–१८ को स्थितिमा थियो । लगातार अंक बटुलेको एपीएफले २४–२४ को स्थितिमा पुर्यायो ।
त्यसपछि ३१–३१ को बराबरीमा पुग्यो । अन्तिममा एपीएफले लगातार २ स्कोर ल्याउँदै खेल आफ्नो पक्षमा पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट