धिरज र उपासनाको मुख्य भूमिका रहने ‘खुस्मा’ निर्माण घोषणा
सोमबार, ०१ माघ २०८०, १९ : १६
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने फिल्म ‘खुस्मा’ निर्माणको घोषणा भएको छ । माघे संक्रान्तिको अवसर पारेर घोषणा गरिएको फिल्ममा अशोक थापाको निर्देशन रहनेछ ।
फिल्मका निर्माता बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी हुन् । एसडी योगीको संगीत रहने फिल्ममा सुरेन्द्र राना तथा राम अविरल विष्टको गीत रहनेछ ।
दिपक बज्राचार्य छायाँकार रहने फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा बन्ने फिल्म एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण