कृषि जैविक विविधता सप्ताह मनाइँदै
काठमाडौँ । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कृषि जैविक विविधता सप्ताह तथा दोस्रो राष्ट्रिय कृषि जैविक दिवस मनाइँदै छ । माघ १ गते देखि ७ गतेसम्म जारी रहने कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगबारे जनचेतनामूलक देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ ।
जैविक विविधतामा धनी भएता पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधता र खास गरी कृषि जैविक विविधताको ह्रासलाई तीव्र बनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि जैविक विविधताको महत्त्व र यसको संरक्षणबारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरू जानकार र सचेत भई तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिएकाले सो दिवस मनाउन लागिएको हो ।
सरकारको निर्णय बमोजिम कृषि जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताबारे प्रचार–प्रसार र कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरी वि. सं. २०७९ साललाई ‘राष्ट्रिय कृषि जैविक विविधता वर्ष’ को रूपमा मनाइएको थियो । मन्त्रीपरिषद्बाट मिति २०७९ भदौ २७गते प्रत्येक वर्षको माघ १ गतेलाई ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ को रूपमा मनाउने निर्णय बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रूपमा मनाउन सुरुवात गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण