सुदूरपश्चिमका तीन ब्याट्सम्यानको अर्धशतक, कर्णालीलाई २७८ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउन दुई सय ७८ रन बनाउनु पर्ने भएको छ ।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो ।
सुदूरपश्चिम प्रदेशका लागि दुबै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । खडक बोहरा र टेक रावतले ओपनिङ विकेटका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए ।
खडकले ८० रन बनाए । उनले एक सय १४ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए । टेकले पनि टोलीको खातामा ५९ रन थपे । उनले ९१ बलमा सात चौका पनि प्रहार गरेका थिए ।
यसैगरी सुदूरपश्चिम प्रदेशका लागि अर्का ब्याट्सम्यान किरण ठगुन्नाले पनि अर्धशतक बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरणले केवल ३३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।
नारायण जोशी जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान नारायणले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।
चौथो नम्बरका ब्याट्सम्यान राजु रिजालले पनि १९ रन बनाए । कप्तानसमेत रहेका राजुले ३२ बलमा एक चौका पनि हिर्काएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १५ रन थपे ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण