फिफा वर्ष खेलाडी अवार्डमा मेस्सीको मत पनि हालान्डले पाएका थिए
काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड–२०२३ जितेका छन् । कीर्तिमानी रूपमा आठ पटकका बलोन डी’ओर अवार्ड जितिसकेका मेस्सीले मंगलबार बिहान लन्डनमा आयोजित समारोहमा तेस्रो पटक फिफा अवार्ड हात पारेका हुन् ।
तेस्रो पटक फिफा अवार्ड प्राप्त गर्ने क्रममा मेस्सीले नर्वेका अर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारेका थिए । यसपटक फिफा वर्ष खेलाडीको अवार्ड जित्न ३६ वर्षीय मेस्सीले निकै सङ्घर्ष गर्नु परेको थियो ।
मेस्सीलाई अर्लिङ हालान्डले गतिलो चुनौती दिएका थिए । अन्तिम समयसम्म पनि मेस्सी र हालान्डको मत बराबर (४८ मत) थियो । तर, मेस्सीले राष्ट्रिय टोलीका कप्तानहरूबाट बढी मत (पहिलो रोजाइको मत) प्राप्त गरेका थिए । सोही कारणले उनले हालान्डलाई पछि पारेका थिए ।
सन् २०२३ को जुनमा अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुनुअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायीक फुटबल खेल्थे । इन्टर मियामीमा आबद्ध हुनुअघि उनले पीएसजीका लागि नौ गोल गरेका थिए । पीएसजीले फ्रेन्च लिगको उपाधि पनि चुमेको थियो ।
यसैगरी इन्टर मियामीमा आबद्ध भएलगत्तै उनले क्लबलाई लिग्स कपको उपाधि पनि चुमाएका थिए । इन्टर मियामीलाई लिग्स कपको उपाधि दिलाउने क्रममा उनले क्लबका लागि सात खेलमा १० गोल गरेका थिए ।
अर्कोतिर, म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने २३ वर्षीय स्ट्राइकर हालान्डले अघिल्लो सिजन क्लबका लागि इङ्लिस प्रिमियर लिगमा मात्र कीर्तिमानी ३६ गोल गरेका थिए । त्यो अवधिमा खेलिएको सबै प्रतियोगितालाई मिलाउँदा हालान्डले क्लबका लागि कीर्तिमान ५२ गोल गरेका थिए ।
फ्रान्सेली खेलाडी एमबाप्पेले भने पीएसजीलाई फ्रेन्च लिगको उपाधि चुमाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०२२ को डिसेम्बर १९ देखि सन् २०२३ को अगस्त २० सम्म उनले क्लबका लागि १८ गोल गरेका थिए ।
राष्ट्रिय टोलीको कप्तानका रूपमा मेस्सीले ह्यारी केन, एमबाप्पे, मोहम्मद सलाह, एन्डी रोबर्टसन, एरोन रामसी र लुका मोड्रिचबाट पहिलो रोजाइको मत पाएका थिए । इल्की गुन्डोगन र कासेमिरोले भने हालान्डलाई आफ्नो पहिलो रोजाइमा पारेका थिए । राष्ट्रिय टोलीको कप्तानका रूपमा मेस्सीले पनि हालान्डलाई नै पहिलो रोजाइमा राखेका थिए । मेस्सीले आफ्नो दोस्रो रोजाइमा एमबाप्पेलाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण