सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मेस्सी बने कीर्तिमानी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

मङ्गलबार, ०२ माघ २०८०, ०८ : ००
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका छन् । 

यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेस्सी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।

युरोप बाहिरको लिग खेल्ने खेलाडीले यो अवार्ड जितेको पहिलोपल्ट हो l मेस्सी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा क्लब इन्टर मियामीबाट खेल्ने खेलाडी हुन् l यसअघि, युरोपबाट खेल्दा पनि मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा जितेका थिए ।

यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।

बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारिन् । यसैगरी, मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरबनिन् । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ । 

पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय इडरसनलाई सम्मान गरिएको हो । इडरसन २३ अङ्कका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस (२० अङ्क) र यासिन बौनु (१६ अङ्क) मा सिमित भएका थिए ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३  घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अङ्क र सिमोन इन्जाघी ११ अङ्क र ग्वार्डिओला २८ अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।

यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।

मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए । यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप