जनवरी १ को भूकम्पले जापानमा १३ फिट माथि उठ्यो जमिन
टोकियो । नयाँ वर्षको पहिलो दिनमा गएको शक्तिशाली भूकम्पका कारण जापानमा कयौँ स्थानमा जमिन उठेको छ । केही स्थानमा जमिन १३ फिटसम्म उठेको पाइएको छ ।
यो सबै जनवरी १ मा मध्य जापानको इशिकावा प्रिफेक्चरको नोटो प्रायद्विपमा साढे ७ तीव्रताको भूकम्पका कारण भएको हो ।
भूकम्पयता पहिलो पटक उक्त विपद्को ड्रोन फुटेज बाहिर आएको छ । यसमा उठेको जमिनको हिस्सा स्पष्टैसँग देख्न सकिन्छ । कयौँ द्विप समुद्रबाट माथि उठेका छन् । स्याटलाइट तस्बिरलाई ध्यानले हेर्ने हो भने पहिला जहाँसम्म पानी थियो त्यहाँ पानी सुकेको छ । पानीयुक्त हिस्सा ८२० फिट पछाडि सरेको छ । यो भनेको अमेरिकी मापदन्डको २ ओटा फुटबल मैदानको लम्बाई बराबर हो ।
टोकियो विश्वविद्यालयको भूकम्प अनुसन्धान संस्थाका शोधकर्ताहरुका अनुसार भूकम्पपछि नोटो प्रायद्विपमा काइसोदेखि आकासाकीसम्म दश स्थानमा तटीय जमिन माथि उठेको छ । अर्थात् समुद्रको पानी झन् तल झरेको छ ।
यस्तो खालको स्थितिलाई कोसिस्मिक कोष्टल अपलिफ्ट भनिन्छ । भूकम्पपछि आकासाकी बन्दरगाहमा १४ फिट लामो सुनामीको लहर आएको थियो । जापानको अन्तरिक्ष एजेन्सीको एउटा सेटलाइटमा पनि कोस्टल अफलिफ्ट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण