फेरि विवादमा फस्यो एनिमल
नयाँ दिल्ली । रणवीर कपूरको एनिमल फिल्म हलमा रिलिज भएको डेढ महिना भइसकेको छ । तर यो फिल्मसम्बन्धी विवाद सकिने कुनै संकेत छैन ।
फिल्म अब ओटीटीमा रिलिज हुने तयारी भइरहेको छ । तर यसमा रोक लगाउने माग आएको छ । यस पटक फिल्मबारे आपत्ति बाहिरबाट आएको होइन फिल्मकै एउटा प्रडक्शन हाउसले दर्ता गराएको हो । एनिमलको को–प्रड्युसर सिने–वन स्टुडियोजले यो माग गरेको हो ।
संदीप रेड्डी वांगाको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा धुँवाधार कमाई गर्यो । तर फिल्मको कहानी, हिरोको प्रेजेन्टेशन र डाइलगका कारण यो लगातार विवादित बन्यो । कयौं दृश्यमा पनि आपत्ति जनाइएको थियो । तर यति हुँदाहुँदै पनि फिल्मको कमाइमा कुनै असर परेन ।
लगातार एक महिना फिल्मले बक्स अफिसमा लोभलाग्दो कमाइ गर्यो अनि ९०० करोड क्लबमा आफ्नो स्थान बनायो । भुषण कुमारको प्रडक्शन हाउस टी–सीरिजको ब्यानरमा बनेको फिल्मको सिने–वन स्टुडियोज यसको को–प्रड्युसर रहेको थियो । फिल्मलाई जनवरी २६ मा ओटीटीमा रिलिज गरिदैं थियो ।
तर फिल्ममा मुनाफाको हिस्सा नपाएको भन्दै सिने–वनले टी–सिरिजविरुद्ध मुद्दा दर्ता गर्दै ओटीटी रिलिजलाई रोक्ने माग गरेको छ । फिल्मबारे भएको सम्झौतालाई उल्लंघन गरिएको र आफूलाई सुको पैसा नदिइएको दाबी सिने–वनले गरेको छ । आफूले सिने–वन स्टुडियोजलाई २ करोड ६० लाख भारु दिएको टी–सीरीज र अर्को को–प्रडयुसर सुपर क्यासेट्स इंडष्ट्रिज प्रा. लि.को तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण