सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मित्रमिलन सहकारी ठगी प्रकरण : लेखा संयोजक अधिकारी धरौटीमा रिहा

मङ्गलबार, ०२ माघ २०८०, २१ : ०२
मङ्गलबार, ०२ माघ २०८०

पोखरा । मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले उनलाई ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । 

निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको मुद्दामा प्रहरीले सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा उनी गत बुधबार पोखराको कसेरी बौरीबोटस्थित घरबाटै पक्राउ परेका थिए । 

ठगी मुद्दामा मंगलबार थुनछेक बहस भएकोमा न्यायाधीश थापाको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडबेसीका शिक्षक समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप