मित्रमिलन सहकारी ठगी प्रकरण : लेखा संयोजक अधिकारी धरौटीमा रिहा
मङ्गलबार, ०२ माघ २०८०, २१ : ०२
पोखरा । मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले उनलाई ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको मुद्दामा प्रहरीले सहकारीका सञ्चालक समितिका पदाधिकारीसहित ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा उनी गत बुधबार पोखराको कसेरी बौरीबोटस्थित घरबाटै पक्राउ परेका थिए ।
ठगी मुद्दामा मंगलबार थुनछेक बहस भएकोमा न्यायाधीश थापाको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडबेसीका शिक्षक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण