आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

बुधबार, ०३ माघ २०८०, ०७ : ०८
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए । 

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् । 

‘पदयात्रा गर्ने भन्ने छ । कुन कुन आयोजनामा गर्ने र नेताहरू को कता खटिने भन्ने चयन गर्नुपर्नेछ,’ महामन्त्री ढकालले भने । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।सो पैदल यात्राबाट जनतासँगको राम्रो सम्बन्ध र सम्पर्क बनेको भन्दै रास्वपाले थप पैदल यात्राहरू गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप