विल्सनको ‘लाउरे एण्ड दाउरे’ भित्रिए विजय
काठमाडौँ । अभिनेता विल्सन विक्रम राईले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्देशक राईले सामाजिक संजाल मार्फत फिल्ममा बराल भित्रिएको जानकारी दिएका हुन् । विल्सनका अनुसार बरालको यो फिल्ममा अहिलेसम्मकै फरक भूमिका रहनेछ ।
फिल्मको मुख्य भूमिकामा यसअघि दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गइरहेको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जनाएको छ ।
विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयम्को रहेको छ ।
फिल्मको निर्मातामा सरिना लामा छिन् । फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण