टाइगर कप भलिबल : घरेलु टोली गण्डकी टिपटपमाथि हाबी
पोखरा । घरेलु मैदानको फाइदा उठाउँदै गण्डकी प्रदेशले पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाललाई ३–२ को सेटमा हराएको छ । तीन भारतीय खेलाडीसहित मैदान झरेको गण्डकीले ३ पाकिस्तानी खेलाडी सम्मिलित टिपटपविरुद्ध कठिन जित निकालेको हो ।
पहिलो सेट २५–१९ ले हराउँदै सुखद सुरुआत गरेको गण्डकीले दोस्रो सेट १५–२५ ले हरायो । तेस्रो सेटमा लयमा फर्किएको गण्डकीले २५–१७ ले हरायो । चौथो सेट पुनः २५–२२ स्कोरले हराएको टिपटप अन्तिम सेटमा अपेक्षाकृत खेल्न सकेन ।
अन्तः अन्तिम सेट १५–१२ स्कोरका साथ गण्डकीले खेल आफ्नो पोल्टामा पारेको हो । गण्डकीका अमित गुलिया टाइगर अफ दि म्याच घोषित भए । जितसँगै गण्डकीले २ अंक प्राप्त गरेको छ भने हेल्प नेपालले १ अंक हात पारेको छ । हेल्प नेपालले समूह एमा कुल ४ अंक प्राप्त गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी भने बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण