बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : घरेलु टोली गण्डकी टिपटपमाथि हाबी

बुधबार, ०३ माघ २०८०, १८ : ३७
बुधबार, ०३ माघ २०८०

पोखरा । घरेलु मैदानको फाइदा उठाउँदै गण्डकी प्रदेशले पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाललाई ३–२ को सेटमा हराएको छ । तीन भारतीय खेलाडीसहित मैदान झरेको गण्डकीले ३ पाकिस्तानी खेलाडी सम्मिलित टिपटपविरुद्ध कठिन जित निकालेको हो ।

पहिलो सेट २५–१९ ले हराउँदै सुखद सुरुआत गरेको गण्डकीले दोस्रो सेट १५–२५ ले हरायो । तेस्रो सेटमा लयमा फर्किएको गण्डकीले २५–१७ ले हरायो । चौथो सेट पुनः २५–२२ स्कोरले हराएको टिपटप अन्तिम सेटमा अपेक्षाकृत खेल्न सकेन ।

अन्तः अन्तिम सेट १५–१२ स्कोरका साथ गण्डकीले खेल आफ्नो पोल्टामा पारेको हो । गण्डकीका अमित गुलिया टाइगर अफ दि म्याच घोषित भए । जितसँगै गण्डकीले २ अंक प्राप्त गरेको छ भने हेल्प नेपालले १ अंक हात पारेको छ । हेल्प नेपालले समूह एमा कुल ४ अंक प्राप्त गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी भने बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप