तेस्रो टी २० क्रिकेट: दोस्रो सुपर ओभरमा भारतले अफगानिस्तानलाई हरायो
काठमाडौँ । अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।
यो ठुलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो । दुई टोलीबिच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुङ्गिएको थियो । यसपछि दोस्रो सुपर ओभरमा भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो ।
टस जितेर ब्याटिङ गर्न आएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । यशस्वी जैसवालले ४ रन, शिवम दुबेले १ रनमा आउट हुँदा विराट कोहली र सञ्जु सामसनले पहिलो बलमै विकेट गुमाए । भारतले २२ रनमा ४ विकेट गुमाएको थियो । तर, रोहित शर्मा र रिंकु सिंहले १९० रनको बलियो साझेदारी गरे ।
रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का सहित १२१ रनको नटआउट पारि खेल्दा,रिंकु सिंहले ३९ बलमा ६९ रनको उत्कृष्ट इनिङ खेले । उनले २ चौका र ६ छक्का प्रहार गरे ।
अफगानिस्तानका लागि फरीद अहमद मलिकले सर्वाधिक ३ विकेट लिए भने अजमातुल्लाह ओमरजाईले १ विकेट लिए ।
२१३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोलीका ओपनिङ ब्याट्सम्यानले ९३ रनको आक्रामक सुरुवात गरेका थिए । रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ५०–५० रनको उत्कृष्ट पारी खेले । तर अन्तिम ओभरमा गुलबदिन नाइबले २३ बलमा ४ छक्का र ४ चौकाको मद्दतले खेल बराबरीमा टुङ्ग्याए । नाइबले अन्तिम ओभरमा १८ रन बनाएर खेल बराबरीमा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण