जर्मन विमानस्थलमा समातिए अर्नोल्ड श्वार्जनेगर
म्युनिख । हलिउड स्टार अर्नोल्ड श्वार्जनेगर बुधवार जर्मनीको म्युनिख विमानस्थलमा समातिएका छन् । उनी महँगो खालको घडी लिएर जाँदै थिए । सञ्चारमाध्यमहरुका अनुसार अडेमर्स पिगुएटको घडीको मूल्य २६ हजार युरो थियो ।
अमेरिकाको लस एञ्जलसबाट जर्मनी पुगेका ७६ वर्षीय अभिनेता अर्नोल्डलाई म्युनिख विमानस्थलमा भन्सार अधिकारीहरूले करिब तीन घण्टा रोकेर राखे । जर्मन ट्याबलोइड बिल्डका अनुसार भन्सार अधिकारीहरूले तलासी लिँदा अर्नोल्डको साथमा महँगो घडी फेला पारेका छन् । अभिनेताले अराभल कस्टम फारममा घडीबारे खुलासा गरेका थिएनन् ।
उनीविरुद्ध भन्सार विभागले क्रिमिनल ट्याक्स प्रोसिडिङ शुरु गरेका छन् । घडी आयातित भएकोले फारममा खुलाउनुपर्थ्यो । भन्सारका अधिकारीहरूले अर्नोल्डलाई ३५ हजार युरो शुल्क तिराएको छ । यसमा ४ हजार युरो कर र ५ हजार युरो जरिवानासमेत संलग्न थियो ।
अर्नोल्डका अनुसार घडी श्वार्जनेगर क्लाइमेट इनिशिएटिभका लागि दान दिन लागिएको थियो । यो घडीको लिलामी बिहीबार अस्ट्रियाको स्की रिजोर्ट कित्जब्यूेहलमा एक कार्यक्रममा लिलामी गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण