साहब आलमले ६ विकेट लिएपछि आर्मीसामु निरीह बने कोशीका ब्याट्सम्यान
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा त्रिभुवन आर्मी क्लबका बलरसामु कोशी प्रदेशका ब्याट्सम्यानहरु निरीह बनेका छन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशीले २४.४ ओभरमै अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका लागि ओपनर ब्याट्सम्यान अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन बनाउन सके । टोलीको कप्तानसमेत रहेका अंकितले ४१ रन बनाए । उनले केवल ३७ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए ।
कोशी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रारम्भदेखि नै निरीह देखिएका कोशीका ब्याट्सम्यानहरु क्रिज समाल्न आउने र लगत्तै पेभेलियन फर्किनेक्रम जारी रह्यो । कोशीका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
कोशी प्रदेशले अतिरिक्त रुपमा १९ रन पाएको थियो । अंकितवाहेक कोशी प्रदेशका अन्य कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । ओपनर फिरदोष अन्सारी चार रनमै आउट भए । समिर कार्की पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।
सुजन थपलिया आठ रन बनाउँदै आउट भए भने सुभन गहतराज पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । सोनु अन्सारी, कमल खत्री, अभ्यास तिमिसिना, सुजन घिमिरे र हेमन्त राईले खाता खोल्न सकेनन् । सोनु मण्डल भने चार रनको आउट भए ।
आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिएका थिए । उनले ६.४ ओभरमा तीन मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । सोमपाल कामी र बिवेक यादबले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण