तल्लो क्रमका ब्याट्सम्यानले दिए सुदूरपश्चिमलाई राहत, गण्डकीले पायो २०२ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ । सिद्धार्थनगर रङ्गशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय एक रन बनाएको हो ।
तल्लो क्रमका ब्याट्सम्यानहरुले जिम्मेवारीपूर्वक ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेशले केही राहत अनुभव गरेको थियो । ७२ रनको कुल स्कोरमा ६ विकेट गुमाएको सुदूरपश्चिम प्रदेशको स्कोरलाई सातौँ नम्बरका ब्याट्सम्यान किरण ठगुन्नाले र आठौँ नम्बरका ब्याट्सम्यान नारायण जोशीले एक सय ४७ रनको स्थितिसम्म डोर्याएका थिए ।
किरणले टोलीका लागि ६० रनको योगदान गरे । उनले ७३ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । नारायणले पनि टोलीको खातामा ४६ रन थपेका थिए । उनले ५६ बलको सामना गरी दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।
सुदूरपश्चिम प्रदेशका लागि ओपनर टेक रावतले १५ रन बनाएका थिए । कप्तान राजु रिजाल १६ रनमा आउट भए भने शेर मल्ल पनि १९ रन बनाउँदै पेभेलियन फर्किएका थिए । मिलन बोहरा पनि नौ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । नरेश साउदले १३ रन बनाए ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा पनि ११ रन पाएको थियो । गण्डकी प्रदेशका बलर विपिन खत्री र अंकित न्यौपानले तीन–तीन विकेट लिए । यसका अतिरिक्त कमल परियार र अमृत गुरुङले पनि दुई–दुई विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण