बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : आर्मीसँग हारेपनि गण्डकी सेमिफाइनलमा

बिहीबार, ०४ माघ २०८०, १६ : २१
बिहीबार, ०४ माघ २०८०

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी भलिबल संघ आर्मीसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा आर्मीले ३-२ सेटमा जित दर्ता गरेको हो । 

खेल हारेपनि गण्डकी सेमिफाइनल प्रवेश गरेको छ । गण्डकी ४ अंकसहित समूह उपविजेता हुँदै सेमिफाइनलमा एपिएफसँग भेट पक्का गरेको हो । 

आर्मी लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार हेल्प नेपाल स्पोर्ट क्लब र श्रीलंका आर्मीबिच पहिलो सेमिफाइनल तथा गण्डकी र एपिएफिबच दोस्रो सेमिफाइनल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप