गुह्येश्वरीमा ‘झिल्को’ मुर्हूत, अर्थपूर्ण फिल्म बनाउने भट्टराईको घोषणा
काठमाडौँ । यादव भट्टराईको निर्देशन रहने फिल्म ‘झिल्को’ शुभ–मुर्हूत गरिएको छ । बिहीबार साँझ गुह्येश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ–मुर्हूत गरिएको हो । मुर्हूतमा कलाकार तथा रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा फिल्मका निर्देशक भट्टराईले ‘झोला’ र ‘भोर’ पछि तेस्रो चलचित्रको रूपमा ‘झिल्को’ निर्माण गर्न लागेको बताए । ‘विगत डेढ दशकदेखि अध्ययन र लेखनमा रहेको फिल्म अहिले निर्माण गर्न हुन लागेको हो’, भट्टराईले भने ‘सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउनेछ ।’ एउटा राम्रो अर्थपूर्ण फिल्म निर्माणका लागि ‘झिल्को’ बनाउन लागेको भट्टराईको धारणा रहेको थियो ।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । रंगकर्मी सुनिलले १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो समय ‘आचार्य’ अभिनय गरेका थिए । फिल्म २०११ मा रिलिज भएको थियो ।
कलाकार भोलाराज सापकोटाले फिल्मको कथा मन परेकोले ‘झिल्को’ अभिनय गर्न लागेको बताए । उनले अहिलेसम्म निर्माण भएका फिल्ममा यो पृथक हुने विश्वास व्यक्त गरे ।
फिल्मको छायाङ्कन माघ २२ गतेदेखि सुरु हुनेछ । फिल्म काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।
थुप्रै म्युजिक भिडियो निर्देशनपछि भट्टराईले ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।
‘झिल्को’को पटकथा तथा संवादलाई भट्टराई ले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायाङ्कन, चण्डीप्रसाद काफ्लेको संगीत फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण