अतिरिक्त समयमा रियललाई हराउँदै एट्लेटिको कोपा डेल रेको क्वार्टरफाइनलमा
शुक्रबार, ०५ माघ २०८०, ०९ : ३६
मड्रिड । अतिरिक्त समयमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिको ४–२ गोलले विजयी बनेको हो ।
खेलको ३९ औँ मिनेटमा सामुएल लिनोको गोलको मद्दतले एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा गोलकिपर जोन ओब्लाकले आत्मघाती गोल गरेपछि रियल खेलमा फर्कियो ।
दोस्रो हाफमा अल्भारो मोराटाले पुनः एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ८२ औँ मिनेटमा जोसेलुले बेलिङह्यामको क्रसमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको १ सयौँ मिनेटमा एन्टोनी ग्रिजमानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ११९औँ मिनेटमा रोड्रिगो रिकेल्मीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण