ग्वार्कोमा फ्लाइ ओभरको काम धमाधम, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । ललितपुरस्थित ग्वार्को फ्लाइ ओभरको काम अहिले धमाधम भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाइ ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो । करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाइ ओभरको काम अहिले तीव्रताका साथ अघि बढिरहेको हो ।
गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाइ ओभरको निर्माण कार्य सुरु भएको थियो ।
_SL2JPFcWS8.jpg)
अहिले ग्वार्कोस्थित मेन चोकमा पिलर उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाईओभरको लागि वीएन्डवी अस्पतालबाट बालकुमारीसम्म र्याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ ।
कम्पनीले एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना बनाएको छ। फ्लाइओभरको लम्बाई कुल ४ सय ९० मिटर हुने छ । निर्माण कम्पनीले इपीसि मोडेलमा ठेक्का लगाएको हो ।
_cPJC3nQRR6.jpg)
बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातदाेबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम निर्माण गरिँदैछ भने यसको उचाइ ६ मिटरको हुनेछ । हाल ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङ रोडमा फ्लाइओभर निर्माण गरिँदैछ । यो फ्लाइ ओभरले रिङरोडको जाम हटाउन सहयोग पुर्याउने छ ।
जसअनुसार सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् । फ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
_ofkDNnNKoW.jpg)
_7hUg8AtH0N.jpg)
_ZRoOYWSLh4.jpg)
_4dtiGHA3Ii.jpg)
_jhzQdMCKih.jpg)
_gIjE6nUZ7u.jpg)
_Xfkgtn0KUX.jpg)
_dxM7COEtMj.jpg)
_qKAAOY9p4m.jpg)
_BVq6ANyriw.jpg)
_pGOGIJrdjq.jpg)
_lNwD2Er65G.jpg)
_KArqKUidrv.jpg)
_OId5jLB32T.jpg)
_Ks8NsOvPca.jpg)
_yooZqmwUEX.jpg)
_Vc8bpdgs6S.jpg)
_bJzoQt5pyN.jpg)
_2IWBWU1ENW.jpg)
_ZjFO2Ix3AG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण