बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : एपीएफलाई हराएर गण्डकी फाइनलमा

शुक्रबार, ०५ माघ २०८०, १८ : १४
शुक्रबार, ०५ माघ २०८०

पोखरा । विभागीय टिम एपीएफलाई हराएर घरेलु टोली गण्डकी पोखरामा जारी टाइगर कप भलिबलको फाइनल प्रवेश गरेको छ । 

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सोझो सेटको जित निकाल्दै गण्डकीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो । 

गण्डकीले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले जितेको छ । यसअघि गण्डकीले समूह चरणमा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।

हेल्प नेपाल पहिलो सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ ले हराउँदै फाइनल प्रवेश गरेको छ । 

तेस्रो स्थानका लागि श्रीलंका आर्मी र एपीएफबिच प्रतिस्पर्धा हुनेछ । महिला स्पर्धामा एपीएफ र न्यु डायमण्ड फाइनलमा पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप