शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा मधेश प्रदेश राजनीति समितिको बैठक जनकपुरमा

शनिबार, ०६ माघ २०८०, १४ : ५६
शनिबार, ०६ माघ २०८०

धनुषा । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशमा रहेका राजनीतिक समितिका सदस्यहरूको बैठक जनकपुरमा सुरु भएको छ । राष्ट्रियसभा चुनाव तथा मधेश प्रदेशमा सङ्गठन निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

सो पार्टीबाट राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट महिलातर्फ पूजा चौधरी उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी चौधरीले जित्ने लगभग निश्चित छ । तैपनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनका लागि अझै सक्रिय हुनुपर्ने निष्कर्षसहित बैठक बसिरहेको जसपाले जनाएका छ ।

जसपाले हालै केन्द्रीय समिति र राजनीति समितिको बैठक सम्पन्न गरी महाधिवेशनको मिति तय गरेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि धनुषामा गर्ने निर्णय भैसकेको छ ।

त्यसअघि पालिकादेखि प्रदेशसम्म सबै समितिको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय समेत सो पार्टीले गरेको छ । आज बसेको बैठकमा महाधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप