शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

शनिबार, ०६ माघ २०८०, २२ : १९
शनिबार, ०६ माघ २०८०

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा आज चितुवा मृत अवस्थमा फेला परेको छ । सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरका अनुसार अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो । 

“सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ”, उनले भने, “चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन् ।” सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप