शोएब मलिकको नयाँ विवाह, सम्बन्धविच्छेदबारे सानियाका पिताले के भने ?
नयाँ दिल्ली । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले शनिबार तेस्रो विवाहको घोषणा गरे । त्यसपछि सानिया मिर्जाका पिताले आफ्नी छोरीले ‘खुला’ लिएको बताएका थिए । इस्लाममा 'खुला' भन्नाले आफ्नो पतिलाई स्वेच्छाले छोड्ने महिलालाई बुझिन्छ।
शोएब मलिकले शनिबार आफ्नो सोशल मिडिया ह्यान्डलमा एक पोस्ट गर्दै अभिनेत्री सना जावेदसँग आफ्नो विवाहको घोषणा गरेका थिए । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शोएब मलिकले आफैंले आफ्नो इन्स्टाग्राममा यो विवाहको तस्बिर पोस्ट गरेका छन् । २८ वर्षीया सना जावेद पाकिस्तानका धेरै शो र म्युजिक भिडियोमा देखा परेकी छिन् ।
यसअघि सन् २०१० मा मलिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए । उनीहरूको एक छोरा पनि छ। मलिकको घोषणापछि सानिया मिर्जाका बुवा इमरान मिर्जाले यो विवाहअघि नै उनकी छोरी र ४१ वर्षीय पूर्व क्रिकेटरले ‘खुला’ मार्फत डिभोर्स लिएको बताए ।
बुधबार सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन् । त्यसपछि उनको शोएब मलिकसँगको सम्बन्ध बिग्रिएको वा दुवैको सम्बन्ध विच्छेद भएको हुनसक्ने अनुमान सुरु भएको थियो । सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईंले आफ्नो कठिन विकल्प रोज्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण