सहायक प्रशिक्षकका लागि क्षमता अभिबृद्धि तालिम सुरु
आइतबार, ०७ माघ २०८०, १३ : १३

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले तालिमको उद्घाटन गरे । उक्त तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी ४० जनाको सहभागिता रहेको छ ।
उनीहरुलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिनेछन् । शनिबारसम्म चल्ने उक्त तालिमका क्रममा २१ वटा कक्षा सञ्चालन गरिने राखेपले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव