बागलुङ नगरपालिकाले उचाल्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड
ढोरपाटन । १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १४ कास्य पदक हात पार्दै विजेता बनेको हो ।
आज सकिएको प्रतियोगितामा बडिगाड गाउँपालिकाले १२ स्वर्ण, १४ र रजत १३ कास्य पदक जितेको छ । निसीखोला गाउँपालिकाले पाँच स्वर्ण, १० रजत र चार कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खण्डकाले जानकारी दिए ।
ढोरपाटन नगरपालिकाले छ स्वर्ण, एक रजत र तीन कास्य जितेको छभने गलकोट नगरपालिकाले तीन स्वर्ण, चार रजत र आठ कास्य पदक जितेको छ । यस्तै, जैमिनी नगरपालिकाले तीन स्वर्ण, पाँच रजत र एक कास्य, जितेको छ । काठेखोला गाउँपालिकाले चार स्वर्ण, छ रजत र नौ कास्य जितेको अध्यक्ष खड्काको भनाइ छ ।
ताराखोला गाउँपालिकाले सात रजत र एक कास्य पदक, बरेङ गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र पाँच कास्य जितेको छ । तमानखोला गाउँपालिकाले एक कास्य पदक जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण