मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बागलुङ नगरपालिकाले उचाल्यो जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड

आइतबार, ०७ माघ २०८०, २१ : २७
आइतबार, ०७ माघ २०८०

ढोरपाटन । १२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ नगरपालिकाले २७ स्वर्ण, १९ रजत र १४ कास्य पदक हात पार्दै विजेता बनेको हो । 

आज सकिएको प्रतियोगितामा बडिगाड गाउँपालिकाले १२ स्वर्ण, १४ र रजत १३ कास्य पदक जितेको छ । निसीखोला गाउँपालिकाले पाँच स्वर्ण, १० रजत र चार कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खण्डकाले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाले छ स्वर्ण, एक रजत र तीन कास्य जितेको छभने गलकोट नगरपालिकाले तीन स्वर्ण, चार रजत र आठ कास्य पदक जितेको छ । यस्तै, जैमिनी नगरपालिकाले तीन स्वर्ण, पाँच रजत र एक कास्य, जितेको छ । काठेखोला गाउँपालिकाले चार स्वर्ण, छ रजत र नौ कास्य जितेको अध्यक्ष खड्काको भनाइ छ । 

ताराखोला गाउँपालिकाले सात रजत र एक कास्य पदक, बरेङ गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र पाँच कास्य जितेको छ । तमानखोला गाउँपालिकाले एक कास्य पदक जितेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप