आईसीसी यू–१९ विश्वकप : न्युजिल्यान्डसँग ६४ रनले हार्यो नेपाल
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई ६४ रनले हराएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट अर्धशतकीय पाली खेल । उनले टोलीको खातामा ९० रन जोडे । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले एक सय चार बलको सामना गरी १२ चौका प्रहार गरे ।
कप्तान देव खनालले पनि ३६ रन बनाए । सुवास भण्डारीले अविजित ३३ रन जोडे । त्यसअघि न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले उत्कृष्ट शतकीय पाली खेलेका थिए । लामो समय क्रिजमा संघर्ष गरेका उनले टोलीका लागि अविजित एक सय ४७ रनको योगदान गरे । उनले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ चौका पनि हिर्काएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किविज ब्याट्सम्यान ओस्कर ज्याक्सनले पनि अर्धशतकीय पाली खेलेका थिए । टोलीको कप्तानसमेत रहेका ज्याक्सनले ७५ रन बनाए । उनले ८१ बलको सामना गरी पाँच छक्का र तीन चौका पनि हिर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण