आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक भारतीय नागरिकसहित  २ जनाको मृत्यु

सोमबार, ०८ माघ २०८०, १० : ४८
सोमबार, ०८ माघ २०८०

बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा एक भारतीयसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले  जनाएको  छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप